May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनगढीस्थित सारथी अस्पतालमा भीषण आगलागी

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० 0८:५५
धनगढीस्थित सारथी अस्पतालमा भीषण आगलागी

धनगढी । कैलालीको धनगढी मेनरोडस्थित सारथी अस्पतालमा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रण लिइसकिएको अवस्था छ ।

धनगढी उपमहानगर-१ स्थित उक्त अस्पतालमा गएराति झन्डै १ बजेतिर आगलागी भएको हो । १५ शय्या र ४ आईसीयू रहेको अस्पतालमा १ जना बिरामी भर्ना भएका थिए । समयमै बिरामीको उद्दार गरिएकोले मानवीय क्षति हुन नपाएपनि उपकरणसहित भौतिक सामग्रीहरू जलेर नष्ट भएका छन् ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ जिप्रका कैलालीबाट ४० जना, तेघरी ब्यारेक कैलालीबाट २६ जना, शसस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट ३० जना र दमकलसहित महनगरप्रहरीको टोली आगो नियन्त्रणमा खटिएको हो ।

अस्पतालमा रहेका बिरामीलाई नजिकै रहेको सेती प्राविधिक अस्पतालमा सारिएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आई नसकेको भएपनि त्यहाँ रहेका एक्सरे मेसिन, यूएसजी, ईको र फर्निचरहरू सबै जलेको अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार बचेका केही सामग्री आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरूले बाहिर सारेर जोगाएका छन् । अस्पताल नजिकैको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम भाडामा लिएर अस्पताल सञ्चालन गरिएको थियो । अस्पताल नजिकैका केही व्यापारिक गोदामहरूमा पनि आगलागीबाट क्षति भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० 0८:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट