March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

दशगजा क्षेत्रबाट मदिरा पसल हटाउन निर्देशन

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ १२:५५
दशगजा क्षेत्रबाट मदिरा पसल हटाउन निर्देशन

विराटनगर । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा पर्ने चारवटा मदिरा पसल बन्द गर्न वडा कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ । स्थानीयको माग अनुसार विराटनगर–१७ का वडाअध्यक्ष समिम कमरले दशगजा क्षेत्रमा रहेका मदिरा पसल आगामी पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिनु भएको हो ।

वडा कार्यपालिकाको मङ्सिर २० गते बसेको बैठकले विराटनगर–१७ को राइसमिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दशगजा क्षेत्र तथा प्रहरी पोष्ट पूर्व २०० मिटर दुरीमा पर्ने मदिरा पसल बन्द गर्ने निर्णय गरिएको थियो ।

दशगजा क्षेत्रमा सोमराज बैठा, धिरज साह, कमल साह र विपिन बैठाले मदिरा बिक्री पसल सञ्चालन गर्दै आएका छन् । भारतको बिहारमा मदिरामा कडाई गरिएपछि नेपालतर्फ सीमा क्षेत्रमा मदिरा पसल खोल्ने क्रम बढेको छ । जसका कारण साँझ परेपछि भारतीय नागरिकहरु खुल्ला सीमाबाट आउने र अपराध तथा सामाजिक विकृती बढ्ने चिन्ता बढेको भन्दै स्थानीयले तत्काल मदिरा पसल बन्द गराउन आग्रह गरेका थिए ।

स्थानीयले वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएर दशगजा क्षेत्रमा खुलेका होटलबाट सामाजिक सद्भावमा असर गरेको भन्दै बन्द गराउनका लागि माग गरेको केहिदिनमै वडा कार्यालयले पुस ५ गतेसम्मको समय सीमा तोकेर स्थान्तरणको विकल्प वा बन्द गर्नका लागि निर्देशन दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट