July 31, 2025 | बिहिबार, साउन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५९
हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ। नेपाल-चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो।

नेपाल-चीन सँगै विभिन्न अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा विस्तार गर्दै आएको उडानमार्फत दुईतर्फी पर्यटनसँगै व्यापार व्यवसाय प्रवर्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

सन् २०१४ मा स्थापना भएको उक्त वायुसेवा कम्पनीमा चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको संयुक्त लगानी छ।

हाल यो कम्पनीले तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ गरी कुल ४ वटा जहाजमार्फत यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट