December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५३
क्रिश्चियनको कलेजमा कर्मचारीमाथि कुटपिट
  • सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट
  • असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरियो 
  • उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या बढ्दै 

ललितपुर ।।

ललितपुरको सुनाकोठीस्थित नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ ।सन् १९९५ मा विद्यार्थीको रूपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई कलेजको ६ रोपनी ३ आना जग्गाको विषयमा बोर्ड सदस्य राजेश जोशी, प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कुटपिट गरेको बताइन्छ । यस कलेजको अध्यक्ष भने क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रिष्टियन समाजका सहअध्यक्ष पास्टर मंगलमान महर्जन हुन् ।

सन् १९८६ मा साउथ कोरियाको तर्फबाट नेपालमा पहिलो मिशनरीका रूपमा आएका डा. सँग हो लिले सुनाकोठीमा उक्त सेमिनार स्थापना गरेका थिए । हाल उसको सम्पत्ति ६ रोपनी ३ आना जग्गा मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्दकुमार खड्काको नाममा छ तर मुकुन्दको नशासम्बन्धी रोगका कारण मृत्यु भएपश्चात् छोराले हकदाबी गरी २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ । यसरी ख्रिष्टियनलगायत धार्मिक समुदायले प्रयोग गर्दै आएको जग्गाबारे राज्य बेखबर भइदिँदा र उचित कानुन नबनाउँदा यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।