sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापा हल्दिबारी घर भएका प्रहरी हवल्दार सप्तराज राई मृत फेला

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:0५
झापा हल्दिबारी घर भएका प्रहरी हवल्दार सप्तराज राई मृत फेला

झापा हल्दिबारी घर भएका नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन् । हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी अन्दाजी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर हिजो सोमबार साँझ घर फर्किएका थिए । घर आएका उनले अत्यधिक मदिरा सेवन गरी राती परिवारसँग झैझगडा गरेको छरछिमेकीहरु बताउँछन् ।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राती उनी आफ्नो सुत्ने कोठामा फलामको बलोमा खादा (कपडा)को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान श्रीमतीले श्रीमान् झुन्डिएको अवस्थामा देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेका थिए ।

मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid