May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

जन्मेदेखि पाँच वर्ष नपुगुञ्जेल मासिक पाँच सय भत्ता पाउने

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० ११:४९
जन्मेदेखि पाँच वर्ष नपुगुञ्जेल मासिक पाँच सय भत्ता पाउने
  • पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने
  • मासिक पाँच सयका दरले भत्ता दिने घोषणा
  • ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’
  • बैकिङ प्रणाली मार्फत भत्ता दिइने
  • मासिक रुपमा भत्ता दिने पौवादुङमा पहिलो गाउँपालिका बन्यो 

काठमाडौं ।।

भोजपुरको पौवादुङमा गाउँपालिकाले पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले जन्मेदेखि पाँच वर्ष नपुग्दासम्म शिशुलाई मासिक पाँच सयका दरले भत्ता दिने घोषणा गरेको हो ।

गाउँपालिकाले उक्त कार्यक्रमलाई ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ नाम दिएको छ । उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र जन्मिएका वा रेफर भएका शिशुको भविष्य सुरक्षाका लागि भत्ता वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताएका छन् ।

‘नवजात शिशुको भविष्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको हो ।’, उनले भने, ‘पाँच वर्षसम्म बैकिङ प्रणाली मार्फत भत्ता दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’

बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यको लागि लगानी गर्न सके त्यसबाट स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईको भनाई छ । नवजात शिशुलाई मासिक रुपमा भत्ता दिने पौवादुङमा गाउँपालिका पहिलो गाउँपालिका हो ।

‘आर्थिक अभावका कारण बालबालिका स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुन् भन्ने हाम्रो लक्ष्य हो ।’, अध्यक्ष राईले भने, ‘पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्दती खातामा राखेर उनीहरूको उज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’ ​

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।