April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मुस्ताङमा हराएकाहरु हेलिकोप्टरमार्फत सकुशल उद्दार

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:२१
मुस्ताङमा हराएकाहरु हेलिकोप्टरमार्फत सकुशल उद्दार
  • मुस्ताङमा सम्पर्कविहीन भएका पदयात्रीहरु भेटिए  
  • हेलिकोप्टरमार्फत सकुशल उद्दार
  • प्रहरीको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेर फेला पार्यो 

जोमसोम ।।

मुस्ताङमा सम्पर्कविहीन भएका २ विदेशी नागरिकसहित ४ जना पदयात्री भेटिएका छन्। उनीहरु मुस्ताङको लोघेकर दामोदर कुण्ड गापा-२ ढाक्मर खोला खोचमा भेटिएका डिएसपी भोजराज पाण्डेले बताए । पदयात्री २ जना विदेशी नागरिक र उनीहरुका २ नेपाली पथप्रदर्शकको आज बिहान १० बजे हेलिकोप्टरमार्फत सकुशल उद्दार गरिएको डिएसपी पाण्डेले जानकारी दिए।

ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५  वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न सकेको थिएन। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको थियो।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट