September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सीके राउत नेतृत्वले एकता दिवस मनाउंदै

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:३९
सीके राउत नेतृत्वले एकता दिवस मनाउंदै
  • एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो 
  • रंगभेदविरुद्धको एकता दिवस नाराका साथ प्रदर्शन गर्दै
  • दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता

काठमाडौं ।।

सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर ‘रंगभेद आक्रमण अन्त गर’ भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो । त्यस्तै, तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले २०७१ मंसिर १० गते काठमाडौंको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउतलगायत ३०० भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए । जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको खानले बताए ।

 

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्