November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गाडी कब्जा गरेको आरोपमा पक्राउ

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:३७
गाडी कब्जा गरेको आरोपमा पक्राउ
  • धनगढीका शेख मुनिर अहमद पक्राउ
  • मुद्दामा छलफल गर्न पुगेकाबेला प्रहरीको फन्दामा 
  • पीडीतहरुबाट किटानी जाहेरी माग

धनगढी ।।

गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी पालले नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए । अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए । आइतबार पक्राउ परेपछि पीडीतहरुबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्