May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४७
रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट

ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले उक्त पार्टीभित्र असन्तुष्टि देखिएको छ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढाकापछि दोस्रो नम्बरमा आफ्नो नाम रहेका कारण आफू सांसद बन्नुपर्ने भन्दै केन्द्रीय सदस्य मेघ आले असन्तुष्ट बनेका हुन्। आलेले आफ्नो असन्तुष्टि भए पनि यसलाई मुद्दाका रूपमा अघि नबढाउने बताए।

‘पार्टीभित्रै संघर्ष गर्ने कुरा हो,’ आलेले सेतोपाटीसँग भने, ‘तर पार्टीले जनमानसमा राम्रो गर्दैछ। चुनावको माहौलमा समझदारी गरेर जाने कुरा हो।’

उनले निर्वाचन आयोगमा उजुरी लिएर जाने कि नजाने भन्ने निष्कर्षमा नपुगेको बताए।
‘तपाईं निर्वाचन आयोगमा उजुरी लिएर जान लाग्नुभएको हो’ भन्ने सेतोपाटीको प्रश्नमा आलेले भने, ‘के हो भन्ने कुरा बुझ्छु तर उजुरी गर्ने कुरा छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि समानुपातिकको बन्दसूचीमा समावेश हुन हुने रोलक्रम निर्धारण गर्न पार्टी सदस्यहरूबीच मतदान गराएको थियो। उक्त सूचीमा आदिवासी जनजाति पुरूष क्लस्टरमा ढाकाकुमार श्रेष्ठपछि आलेको नाम छ।

महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि विन्दबासिनी कंसाकारको नाम रहेको छ। रास्वपाको केन्द्रीय समितिले ढाकाकुमार श्रेष्ठलाई मन्त्री बन्न घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि निष्कासन गर्ने निर्णय गरिसकेको छ। सँगै उक्त पार्टीले उक्त स्थानमा एसिड आक्रमणकी ’सर्भाइभर’ विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।