April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:११
कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

दमक । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा हिजो अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।

सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित उनी भूमिगतकालमा पार्टीको जिल्ला सभापति रहेका थिए । उनले प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल परेका थिए ।

पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन् । उनले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पुर्याउँदै आएका थिए । स्व.दाहालको पार्थिव शरीरलाई आज दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।