May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तनहुँमा २ जनाको मृत्यु, ३४ जना घाइते

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १0:३४
तनहुँमा २ जनाको मृत्यु, ३४ जना घाइते
  • बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु
  • मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु
  • दुर्घटनामा ३४ यात्रु घाइते भए

दमौली ।।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका-८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ का२५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी–५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी–७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै धनकुटा सावरी–७ का ३० वर्षीय हमालप्रसाद राई, सोही ठाँका २९ वर्षीय सन्दिप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी–७ का ४५ वर्षीय सविन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव–६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे–७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सप्तरी महादेव–६ का १५ वर्षीया प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट