June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
प्रधानमन्त्रीज्यू नांगो रूपमा यसरी नहिँड्नुहोस् : सांसद कृष्णकुमार श्रेष्ठ सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ

रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:२४
रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ ।

कांग्रेसमा पदाधिकारीले नै नेतृत्त्व गरेर सरकारमा जाने विषय करिब टुंगो लागे पनि कसको नेतृत्त्व भन्ने टुंगो लागिनसकेको एक पदाधिकारी बताउँछन् ।

तर उनले उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएको बताए ।

“उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ,” ती नेताले भने, “कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय गर्ने तयारी गरेको छ ।”

माओवादीको बैठकमा प्रधानमन्त्री दाहालले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए ।

उनी निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ ।

कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीले गरेको ती नेताले बताए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन् ।

रास्वपालाई यसअघिजस्तै तीनवटा मन्त्रालय दिने तयारी छ ।

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपतिमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गरेको थियो ।

साना पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयमा दाबी गरेका कारण केही कठिनाइ भएको स्रोत बताउँछ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट