July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १४:२६
सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या
  • सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या
  • पक्राउलाई हिरासतमा राखेर अनुसन्धान गरिंदै 

सिरहा ।।

सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका-१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका-८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो। सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन् । पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरको राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जितमाथि कुटपिट गरेका थिए । कुटपिटबाट उनको मृत्यु भएको थियो । घटना ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकले प्रहरीलाई जानकारी गराएको र अनुसन्धानबाट हत्या गरेको खुलेको डीएसपी पाण्डेले बताए ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०-३५ किलोमिटर टाढा भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँबाट सञ्जिताको शव बरामद गरेको थियो । देवेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका – ८ मा घरायसी विवादको क्रममा ससुरा दासले टाउकोमा बञ्चरो प्रहार गर्दा बुहारी संगीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि फरार रहेका दासलाई प्रहरीले मंसिर १ गते पक्राउ गरेको थियो । उनलाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्