sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:४४
माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते  बिहिबारकाे राशिफल

मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ ।

वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।

मिथुन–नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ

कर्कट–काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ ।

सिंह–कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।

कन्या–आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । प्ुरानो रोगले पनि सताउन सक्छ ।अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

तुला–दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।

वृश्चिक–प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

धनु–अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मकर–आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।

कुम्भ–आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

मीन–आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ ।सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर १३, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid