May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर

पैसाले पार्टी संगठन कब्जा गर्दै राजनीति नै खरिद गर्ने प्रवृत्ति खारेज हुनुपर्छ

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १३:00
पैसाले पार्टी संगठन कब्जा गर्दै राजनीति नै खरिद गर्ने प्रवृत्ति खारेज हुनुपर्छ
  • प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने
  • राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती
  • राजनीतिक दलहरु एकजुट हुनुपर्ने
  • डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज बिहान काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा भएको भेटमा उनले सो धारणा राखेका हु्न् । ‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।

राजनीतिक दल र नेताभन्दा पनि माथि उठेर विचार, सिद्धान्त, नीति एवं नैतिकताको पक्षमा वकालत गर्न वैचारिक समाजका सदस्यहरूसहित प्रजातन्त्रवादी बौद्धिक समुदायलाई उनले आह्वान गरे ।

उनले मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध राजनीतिक दलहरु एकजुट हुनुपर्ने समेत बताए । मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने भन्दै सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजलाई आह्वान गरे ।

भेटमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, सचिव प्रा. डा. अकलदेव मिश्र लगायत सहभागी थिए । अध्यक्ष वाग्लेको नेतृत्वमा वैचारिक समाजको नवनिर्वाचित प्रतिनिधि मण्डलले शीर्ष नेतासँगको भेटवार्तालाई निरन्तरता दिनेक्रममा यसअघि कांग्रेस नेता डा. शेखर कोइराला र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।