April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राप्रपा प्रवेश गरे एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कार्की

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १६:१६
राप्रपा प्रवेश गरे एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कार्की

 

नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

कार्कीलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा भित्र्याएका हुन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार एमाले प्रदेश कमिटी सदस्य कार्की आइतबार राप्रपा प्रवेश गरेका हुन्। केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देनले सदस्यता दिएर कार्कीलाई पार्टीमा भित्र्याएका थिए।

राप्रपा प्रवेश गरेका कार्की ब्लास्टका प्रबन्ध निर्देशक समेत हुन् । केही दिनअघि लिङ्देनले कार्कीलाई उनै घरमा पुगेर भेटघाट गरेका थिए । कार्की नेकपा एमालेका सक्रिय बफेदार सदस्य  थिए । गत शालको प्रदेश र केन्द्रीय चुनावमा सभासद छनोटमा विवाद भए सङै कार्कीको मन दुखेको थियो । एमालेको प्रदेश कमिटी सदस्य हुँदा कार्कीलाई पार्टीले निलम्बन गरेको थियो ।

गत वर्षको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाएर मनोज कुमार मेन्याङ्बोलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि कार्कीलाई एमालेले कारबाही गरेयता उनी एमालेको गतिविधिमा संलग्न छैनन् ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो।

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।