न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा प्रहरीले छापा मारेकाे छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उक्त कारखानामा छापा मारेर अवैध सुन बरामद गरेकाे छ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ७ किलो ८ सय ग्राम सुनसहित सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरिएकाे छ।
बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए। अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।