April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १५:0९
विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले नेपाललाई दुई वटा कार्यक्रम सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले नेपालमा दुई वटा आयोजना सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

यससँगै, विश्व बैंकबाट नेपालमा हरित अर्थतन्त्र निर्माणका लागि लचिलो र समावेशी विकासका लागि प्रयोग हुनेछ । यसबाहेक, प्रदेश र स्थानीय तहसम्म फैलिएका सडक सञ्जाललाई गुणस्तरीय र भरपर्दो बनाउनका लागि प्रयोग हुने विश्व बैंक नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विश्व बैंक नेपालमा इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)मार्फत हरित अर्थतन्त्र विकास र समावेशी विकासका लागि सँधै तत्पर छ,’ नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्रि डाइरेक्टर फरिस हदाद–जेरभसले भने । छुट्याइएको २०० मिलियनमध्ये १०० मिलियन अमेरिकी डलर जलवायु अनुकूल पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ ।

यो रकमले नेपालमा जलवायु अनुकूल (हरित) पूर्वाधार निर्माणमा सहयोग पुग्ने र नेपालको ऋण पारदर्शी र खण्डीकरणमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकको छ । यस्तै, नेपालमा आउने विदेशी लगानीलाई बढवा दिन समेत प्रभावकारी हुने बताइएको छ । ‘दिगो विकासका लक्ष्य पुरा गर्नका लागि यो रकम लाभदायक हुनेछ,’ विश्व बैंकका कार्यक्रम प्रमुख सिबेल कुलाक्सिजले भने, ‘दिगो र जलवायु अनुकूल विकासका लागि नियामक निकायलाई समेत सघाउने छ ।’

यस्तै, १०० मिलियन अमेरिकी डलर भने स्थानीय तह र प्रदेशसम्म फैलिएको सडक सञ्जाललाई गुणस्तरीय र जलवायु अनुकूल बनाउन खर्च गर्नुपर्ने हुन्छ । यो रकम नेपालको ढुवानी लागत घटाउने गरी सडकको मर्मत सम्भार र पुल निर्माणमा लगाउनुपर्ने विश्व बैंकले जनाएको छ । जसबाट स्थानीय उत्पादनलाई बजारसम्मको सहज पहुँचको निर्माण गर्नेछ ।

यो कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्नुपर्ने छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।