May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:५0
काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय

काठमाडौं । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरू फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ ।

महानगरपालिले मङ्गलबार सूचना निकाल्दै महानगरपालिका भित्र सञ्चालनमा रहेका फार्मेसीहरू नियम अनुसार नचलेको, गुड फार्मेसी प्राक्टिस नभएको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले फार्मेसी सुधारका लागि १० दिनको समय दिएको हो ।

तोकिएको समयमा व्यवसायीहरूले फार्मेसी सुधार नगरेमा फार्मेसी बन्द गर्नेसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरपालिकाले अनाधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भएका, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिको आवश्यक अभिलेख नराखेको पाएको छ ।

यसैगरी, फार्मेसीहरू नियम अनुसार नचलेको, महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत नलिई सञ्चालनमा रहका विभिन्न गुनासाहरू आम उपभोक्ताबाट आइरहेको र अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकाले सूचना प्रकाशन गरेको मितिले १० दिनमाथि उल्लेखित सम्पूर्ण कार्य कानुन बमोजिम गर्न आग्रह गरेको छ ।

दिइएको समय भित्र सुधारात्मक कार्यहरू नगरेमा महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(झ) ९ तथा काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०८० को दफा ३५ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट