May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रियसभा चुनावको जिम्मा बुद्धिमान तामाङलाई दिइयो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:२0
राष्ट्रियसभा चुनावको जिम्मा बुद्धिमान तामाङलाई दिइयो
  • अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष तामाङलाई जिम्मा
  •  सहयोग जुटाउन र संवाद गर्न जिम्मा लगाइयो 
  • केन्द्रीय तह र सबै तहमा उत्सवको रुपमा मनाउने

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ । बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावलाई पुसको १ २ र ३ गते काठमाडौंमा हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका रुपमा केन्द्रीय तह र सबै तहमा उत्सवको रुपमा मनाउने पनि निर्णय गरेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।