May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:२0
एनसेल प्रकरणमा राम्रै साँठगाँठको चलखेल छ : गगन थापा
  • विधेयकमा अपेक्षित काम हुन सकेको छैन 
  • समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड
  • कसैले ढाकछोप गर्न खोजे पनि निष्पक्ष काम गर्नुपर्छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए । “मैले पहिलो बैठकमा समिति बैठकको नियमितता खोज्न समसामयिक विषयमा महिनाको एउटा बार छुट्याउँ भनेको थिएँ,” गगनले भने, “तर त्यसो हुन सकेन । अब त्यसै गरौँ । विधेयक बढेर आउँदा लगातार एक हप्ता विधेयकमा काम गरौँ । अनि मात्रै विधेयकको काम समयमा सम्पन्न हुन्छ ।”

सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक-पटक प्रश्न उठ्ने गरेको भन्दै गगनले यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड दिए । “एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन,” उनले भने, “यो सार्वजनिक भएपछि लेखा र अर्थ समितिमा छलफल भएको छ । यो हाम्रो समितिमा पनि पर्छ भन्ने आधार छ । सरकारले नै मन्त्रालय हैन समिति बनाएर हेर्छु भनेपछि त्यसमा मूल्यांकन र हेर्ने काम हाम्रो समितिमा आयो ।” जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।