काठमाडौं ।।
दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।
आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।
शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।