May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

मन्त्री हेरफेरको कुरा सत्य होइन झुट हो : मन्त्री रेखा शर्मा

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १७:0६
मन्त्री हेरफेरको कुरा सत्य होइन झुट हो  : मन्त्री रेखा शर्मा
  • मन्त्री फेरबदलको सम्भावना तत्काल छैन 
  • मन्त्री हेरफेरबारे कुनै छलफल नै भएको छैन 
  • मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न आग्रह 

काठमाडौँ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् । ‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन’ उनले भने ।

अहिले मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि मन्त्री शर्माले आग्रह गरिन् । ‘बाहिर आएको जस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरु भित्र छलफलको विषय बनेको छैन ।’ सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् । सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।