April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेललाई सबैले मत दिए

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:५४
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेललाई सबैले मत दिए
  • २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित
  • तीन प्रतिस्पर्धीलाई पोखरेलले पछि पारे 
  • १ हजार ३२ जनाले मत दिए 

बुटवल ।।

नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए । पोेखरेलले ५१० मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार थिए ।

कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दीप अग्रहरी विजयी भए । महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेशचन् ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनीत भएका छन् । उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुरेन् कुमार महतोले जानकारी दिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित ) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने तीन जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट