April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0७:४९
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्न लागेको सचिव गणेश साहले जानकारी दिए ।

उनले बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताए । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।

आगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ पदमा निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेपछि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गरेर जाने सहमति भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।