May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदै, चाँडै शल्यकृया हुने!

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0८:५५
कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदै, चाँडै शल्यकृया हुने!

काठमाडौ : नक्कली प्रचण्डकाे नामले परिचित लाेकप्रिय हास्य ब्यङ्ग कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा केही सुधार आईरहेकाे छ ।

गत साउन महिना देखि पेटकाे आन्द्राकाे क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका गाैतम अहिले सामान्य हिड डुल गर्न सक्ने भएका छन । किमाे थेरापी र रेडिएशन थेरापी दिई सकेपछि अहिले घरमै आैषधी सेवन गरेर आाराम गरिरहेका कलाकार गाैतम केही सहज महसुस गरि रहेकाछन र अब पुस महिनामा गाैतमकाे अप्रेशन गर्ने कुरा डाक्टरले जानकारी दिएको उनले बताए ।

कलाकार, आफन्त साथीभाई र आफ्ना शुभ चिन्तककाे माया र शुभेच्छाले धेरै आात्मा बिश्वास बढेकाे र क्यान्सर सँग लड्न सक्छु भन्ने हिम्मत बढेकाे उनले बताएका छन् । निरन्तर कलाकारिता र नाटक प्रशिक्षककाे रुपमा सकृय रहँदै अाएका गाैतम बिगत ७ महिना देखि घरमै निस्कृय जीवन बिताईरहेका छन । बिरामी हुँदाकाे पीडा भन्दा कलाकारिता गर्न नपाएर एक्लै घरमा सुतेर बस्नु पर्दाकाे पीडा धेरै गाराे हुदाे रहेछ अब चाँडै निकाे भएर दर्शकलाई हँसाउन मन छ तर कहिले पूरा ठिक हुन्छु थाहा छैन उनले अाफ्नाे पीडा यसरी सुनाउछन ।

उपचारका क्रममा नेपाल चलचित्र कलाकार सँघ, चलचित्र बिकास बाेर्ड, चलचित्र कर्मी एसाेसिएसन कलाकार रबिन्द्र खड्का, सामना सिटाैला , माेहन निराैला पवन केसी लगायत थुप्रै कलाकर्मी एवम् शुभचिन्तक बाट सहयाेग र सद्भाव पाएकाे र अझै पनि शुभचिन्तक तथा अात्मियजन बाट उपचारका लागि सहयाेगकाे अपेक्षा गरिरहेका छन ।

अाफुलाई बचाउन र चाँडै उपचार गर्न लागि पर्नु भएका समाजसेवी तथा अभिभावक राजन ढुङगेल र लक्ष्मीप्रसाद संग्रौला प्रति उच्च सम्मान रहेकाे जनाउँदै आफलाई सहयाेग गर्ने सबै प्रति उनले हार्दिक धन्यवाद दिएका छन ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0८:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।