May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:३४
पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडि राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोखरेलले बताए ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्दा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाईएको पोखरेलले बताए । यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि उनले बताए ।

यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको पोअरेलले बताए ।
उनले यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उनको भनाइ छ ।

पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएको पोखरेलले बताए ।

यात्राको क्रममा सुन्तला,स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाईभर्सनको काम भईरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।

कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै उनले पहिचानको नाममा एमाले केन्द्रीत विरोध भएको भएपनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको उनले बताए । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको बताए ।

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको पोखरेलले बताए ।

‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि,’ पोखरेलले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो । जे भएको छ कोशीमा जायज छ ।’ पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।