May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० ११:१0
ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
  • रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु 
  • आठबिसकोट-९ का २१ वर्षीय गोपाल विक फरार
  • उनको खोजी भइरहेको प्रहरीद्वारा जानकारी 

काठमाडौं ।।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट-१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट- ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ट्याक्टर चालक आठबिसकोट-९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।