April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

सरकारलाई पालैपालो चलाउने सहमति

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १४:३३
सरकारलाई पालैपालो चलाउने सहमति
  • पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा
  • बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने

काठमाडौं ।।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो । सरकारले राम्रै काम गरेको माओवादीको निष्कर्ष छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलबीच भएको सहमति अनुसार आफ्नो कार्यकाल एक वर्ष रहेको बताएका छन् ।

उनले बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने बताएका छन् । “सरकारको काम राम्रै छ । गठबन्धनमा भएको सहमति अनुसार कार्यकाल एक वर्ष बाँकी छ । यो वर्ष काममा तीव्रता दिनुपर्छ । कामको गियर बढाउँछु,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले जानकारी दिए ।प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए । गठबन्धनमा दुई वर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भद्र सहमति रहेको नेताहरू बताउँछन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट