sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्ने महेशविरुद्ध दोस्रो पटक म्याद

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० 0७:४७
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्ने महेशविरुद्ध दोस्रो पटक म्याद

विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा गत मङ्सिर २८ गते धनकुटाको लेगुवा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भयो । उक्त घटनाबारे सञ्चारमाध्यममा प्रकाशित भएपछि एमालेले ‘अतिरञ्जित प्रचार’ भन्दै आपत्ति जनायो ।

‘एउटा जड्याहाको अस्वाभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलता र त्यसले दिएको सन्देशबाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ,’ एमाले महासचिव शंकर पोखरेलले लगत्तै सामाजिक सञ्जालमा लेखेका थिए, ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसबाट अभियानको सफलताले जलिरहेकाहरूको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौँ आफ्नो अभियान र उद्देश्यमा ।’

महासचिव पोखरेलले मात्रै होइन, एमालेका धेरै नेता तथा कार्यकर्ताले अध्यक्षमाथि आक्रमण नभएको जस्तै गरी एउटै खालको सन्देश प्रवाह गरे ।

तर, एमालेले आधिकारिक रुपमा उक्त आक्रमणको विषयमा केही बोलेन । भिडियो भने भाइरल बनेको थियो । अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का महेश राई भने अहिलेसम्म प्रहरीको हिरासतमा छन् । उनलाई अभद्र व्यवहारमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार पुनः म्याद थप गरेको छ ।

धनकुटाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले ७ दिनको म्याद गुज्रिएपछि पुनः म्याद थप गरिएको जानकारी दिए । स्वागत गर्ने लाइनमा पुगेर महेशले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।

घटनाकै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले हत्कडी लगाएर हिरासतमा राखिएका महेश राईकी श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यबाजी गर्न लगाएको पहिचानवादीहरूको आरोप छ । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्ने महेश राईलाई तत्काल रिहा गर्न माग गरेको छ ।

संघर्ष समितिले झापाको बुद्धशान्ति गाउँपालिकाका बुलेट किराँती, अञ्जेस राई र धनकुटाका महेश राईलाई तत्काल रिहा गर्न माग गरेको हो । उनीहरूलाई बिनाशर्त तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने समितिको चेतावनी छ ।

इलाममा बन्दका बेला पिक अप भ्यानमा आगजनी गरेको आरोपमा पुस २ गते प्रहरीले बुलेट किराँती र अञ्जेस राईलाई झापाको अर्जुनधारा–११ बाट पक्राउ गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० 0७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid