May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

राष्ट्र बैंकले आजबाट बाँड्न थाल्याे दसैंलाई नयाँ नोट

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:२६
राष्ट्र बैंकले आजबाट बाँड्न थाल्याे दसैंलाई नयाँ नोट

काठमाडौं। नेपाल राष्ट्र बैंकले यसपालि दसैं लक्ष्यित नयाँ नोट सटही आज (बिहीबार) बाट सुरु गरेको छ। केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले वाणिज्य बैंकहरूलाई सर्वसाधारणलाई वितरण गर्न नयाँ नोट सटही सुरु गरेको हो।

राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज २९ घटस्थापना भोलिपल्टबाट सटही सुरु गर्ने सूचना जारी गरिसकेको छ। केन्द्रीय बैंकले आफ्ना प्रादेशिक कार्यालयसँगै वाणिज्य बैंकहरूको तोकिएको शाखा कार्यालयबाट असोज २९ बाट सर्वसाधारणमा प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही सुविधा दिन लागेको हो।

सर्वसाधारणमा वितरण गर्ने नयाँ नोट व्यवस्थापन मिलाउन वाणिज्य बैंकहरूलाई तोकिएको असोज १८ देखि सटही सुविधा दिइएको मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बताए।

‘राष्ट्र बैंकले सर्वसाधारणमा असोज २९ बाट नै नयाँ नोट वितरण गर्छ, हाम्रो प्रादेशिक कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट वितरण गरिने हुँदा उनीहरूलाई व्यवस्थापन मिलाउन आजैदेखि ६ करोड रुपैयाँसम्म नयाँ नोट सटहीका लागि दिएका छौं,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘वाणिज्य बैंकहरूले २९ गतेदेखि नोट सहटी गर्ने शाखा कार्यालयको नामावली पठाइरहेका छन्। तोकिएको शाखा कार्यालयमा नयाँ नोट २९ गतेअघि पठाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आजदेखि सटही सुविधा खुला गरेको हो।’

वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा नाम पठाएका शाखा कार्यालयबाट असोज २९ देखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन्छन्। कुन बैंकले आफ्ना कुन शाखा कार्यालयबाट नोट सहटी सुविधा दिने हो, त्यसको जानकारी आफ्नो वेबसाइटमा असोज २८ गते नै राखिसक्नुपर्ने हुन्छ।

सर्वसाधारण, विकास बैंक, फाइनान्स कम्पनी, वित्तीय संस्था, सहकारी संस्था र सर्वसाधारणले असोज २९ बाट राष्ट्र बैंकले तोकेको सीमामा नयाँ नोट सटही गर्न पाउने शाक्यले बताए।

उनीहरूले वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयसँगै राष्ट्र बैंक केन्द्रीय कार्यालय वालुटार र मोरङ विराटनगर, धनुषा जनकपुर, पर्सा वीरगन्ज, रुपन्देही सिद्धार्थनगर, कास्की पोखरा र वीरेन्द्रनगर सुर्खेतमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सहटी सुविधा दिनेछ। अहिले भने वाणिज्य बैंकहरूले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुटारबाट शाखा कार्यालय पठाउन नयाँ नोट सटही सुरु भएको हो।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट