April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

अवरुद्ध बीपी राजमार्ग बल्ल खुल्यो

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १३:५९
अवरुद्ध बीपी राजमार्ग बल्ल खुल्यो
  • दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आयो 
  • अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि चल्न थाल्यो 
  • बसमा मोटरसाइकल ठोक्किएपछि….

मन्थली (रामेछाप) ।।

सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका – १०, रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो , मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका – २ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।