April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बिरामी महिलाको मृत्युपछि उत्पन्न तनाव सहमतिपछि मनमोहन अस्पतालमा साम्य

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १८:२३
बिरामी महिलाको मृत्युपछि उत्पन्न तनाव सहमतिपछि मनमोहन अस्पतालमा साम्य

अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव साम्य भएको छ । दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा बिरामीको मृत्युपछि उत्पन्न समस्या समाधान भएको छ ।

मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पिडीतपक्ष बिच सहमति भएपछि समस्या समाधान भएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको सव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताएका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार (आज) भएको छलफलमा उक्त सहमति भएको मृतकका भाञ्जा दंगालले जानकारी दिए ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बास्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा हिजो बेलुका साँझ मृत्यु भएको परिवारले जनाएका छन् ।

उपचारमा लापरबाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरेर अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा भीड बढेपछि प्रहरीले सुरक्षा ब्यवस्था बढाएको थियो ।

खुट्टा सुन्निएर सोमवार विहान ८ः३० बजे उपचारका लागि अट्टोमा चडेर आफै हिडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको मृत्यूका अर्का भान्जा युवराज घिमिरेले जानकारी दिए । नर्वदाको मृत्युपछि आफन्त पक्षले आज दिनभर अस्पताल बाहिर नारावाजी गर्दै बिरोध जनाएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।