September 29, 2024 | आइतवार, अशोज १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

१ सय दिनसम्म सिद्धार्थ राजमार्ग बन्द गर्ने कुरा रुपन्देही प्रशासनले मानेन

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० ११:२४
१ सय दिनसम्म सिद्धार्थ राजमार्ग बन्द गर्ने कुरा रुपन्देही प्रशासनले मानेन
  • एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने
  • पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनद्वारा असहमति
  • अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने

बुटवल ।।

बुटवल – पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ । पाल्पाको निर्णयमा असहमत रुपन्देही प्रशासनले अलग्गै निर्णय गरेर सार्वजनिक गरेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यही पुस ८ गते सुरुङमार्ग निर्माणलाई सहज बनाउन भन्दै पुस १६ गतेदेखि एक सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेका थिए ।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकैपटक एक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको जनाएका छन् । पाल्पा प्रशासनले सडक बन्द गर्ने निर्णय गर्दा सुरुङमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे शर्त नराखिएको, सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको र माघे संक्रान्तिमा लाग्ने रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले आफूहरुले अलग निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

यस्ता छन् रुपन्देही प्रशासनको निर्णय

उनले माघे संक्रान्ति र रिडी मेलालाई मध्यनजर गर्दै पुस २९ देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने निर्णय गरेका छन् ।रुपन्देहीका प्रजिअ अर्यालले सडक बन्द हुने एक सय दिनलाई दुई चरण (५०–५०दिन) मा विभाजित गरी प्रत्येक हप्ता कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गरेका छन् । कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गरिने उनले बताए । यस्तै सडक आवागमन बन्द गरी गरिने निर्माण कार्यहरु निर्धारित समयमा पूरा गर्ने र निर्माण कार्यको प्रगतिको साप्ताहिकरुपमा सुक्ष्म अनुगमन गरी सर्वसाधारणको जानकारीका लागि सार्वजनिक समेत गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।

सवारी साधनको आवत जावत बन्द गर्नेसमय अवधिमा वैकल्पिक सडकको रुपमा साना सवारी साधनको लागि नुवाकोट–दोभान सडक खण्डलाई प्रयोगमा ल्याउने र उक्त सडक सहज सञ्चालनका लागि मर्मत कार्ययोजना कार्यालयले तत्कालै गर्ने निर्णय भएको छ । सडक बन्द हुने र गरिने विषयको सूचना सम्बन्धित सबै सरोकारवाला निकायहरु तथा सडक प्रयोगकर्ताहरुमा प्रवाह गर्न होर्डिङ बोर्ड लगायत आवश्यक व्यवस्था गरी अन्योलता हटाउने र सडक प्रयोगकर्ता लगायत सरोकारवालाहरुको सहजताका लागि सम्पर्क व्यक्तिको रुपमा योजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीलाई तोक्ने निर्णय भएको छ ।

सडक आवागमन बन्द हुने समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले आवश्यक सतर्कता र सावधानी अपनाउन प्रजिअ अर्यालले निर्देशन दिएका छन् ।सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग डेढ वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्