May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्याय सहन नसकेर बोलें निलम्बन गरियो : (केएमसी) डा. विशद

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:४५
अन्याय सहन नसकेर बोलें निलम्बन गरियो : (केएमसी) डा. विशद

काठमाडौं ।।

काठमाडौं मेडिकल कलेज (केएमसी) मा पीजी अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहालले बिहीबार राति सामाजिक सञ्जालमा लेखे ‘…निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिए पनि हुन्छ, माननीयज्यू ।’

उनको स्टाटस नेपाली कंग्रेसका सांसद सुनील शर्माप्रति लक्षित थियो, जो केएमसीका सञ्चालक पनि हुन् । केएमसीले डा. विशदलाई आवासीय चिकित्सकले पालना गर्नुपर्ने कर्तव्य र अनुशासन उलंघन गरेको भन्दै बिहीबार एक महिने निलम्बनपत्र थमाएको थियो । काठमाडौं विश्वविद्यालयबाट मेडिसिन पोष्टग्रजुएट अध्ययनरत डा. विशद केएमसीमा रोसिडेन्ट दोस्रो वर्षका चिकित्सक हुन् ।

निलम्बनसम्मको घटनाको पृष्ठभूमि उनी यसरी बयान गर्छन् :– 

दुई वर्षदेखि हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढंगले रेजिडेन्ट चिकित्सकलाई गुन्डागर्दी शैलीमा खटाउँदै आएको छ । बाहिर देखाउँदा जनसेवा भने पनि क्याम्पको मनसाय राजनैतिक प्रचारप्रसार र बर छल्ने रहेको अधिकांशको बुझाइ छ । यसरी क्याम्पको नाममा कहिले त महिनाको १८-२० दिनसम्म अस्पताल बाहिर राखेर हाम्रो शिक्षण सिकाइमा गम्भीर असर पर्ने गरी खटाइन्थ्यो । पाठ्यक्रममै समावेश नभएको यस्तो क्याम्पमा जबरजस्ती रूपमा खटाउने काम दुई वर्षदेखि जारी थियो ।

पछिल्लोपटक क्याम्पमा लगेर सामान्य खान बस्न समेत असहज हुने गरी जबरजस्ती दैनिक १५००/२००० बिरामी जाँच्न लगाइन्थ्यो । यस्तो चिसोमा राति २/३ बजेसम्म कच्ची बाटोको यात्रा गराउने र बिहानै ८ बजे उठाएर फेरि अर्को क्याम्पमा खटाउने परिपाटि हाम्रा लागि सामान्य जस्तै भइसकेको थियो । 

यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग, काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन ।  अन्तिमपटकको क्यामपमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो । तर  क्याम्प रोकिएन । यही कुरा हामीले उठाएर क्याम्प जाँदैनौं भनी आन्दोलन गर्यौं । अन्त्यमा आन्दोलनको नाइके को हो भनेर छानीछानी कारबाही गरियो ।

मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन । तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भनेर मेरो आत्माले सधैँ मलाई सराप्थ्यो । तसर्थ म बोलेँ र बोलिरहन्छु ।’

अस्पतालले पढाइ नै प्रभावित गरेर कष्टकर ढंगले शिविरमा लगिरहेको छ?  प्रश्नमा डा. विशदले भने, “हो, रहेक महिना खान, बस्न र स्वास्थ्यको समेत ख्याल नगरी काममा पेलिन्थ्यो । उहाँ (सांसद सुनील शर्मालाई इंगित गर्दै)को निर्वाचन क्षेत्र र विकट पहाडी जिल्लाहरूमा पनि शिविरमा लगिन्थ्यो ।”

यो वर्ष प्युठान, दाङसहित पाँचवटा जिल्लामा शिविरमा गएको र सो समयमा अफू र साथीहरूप्रति अत्यन्तै अमानवीय ढंगले काममा खटाइएको उनले बताए । यसअघि कलेज प्रशासनलाई यसबारे आवसीय चिकित्सकहरूले ध्यानकर्षण गराउँदै आएका थिए । तर,  पछिल्लो घटनापछि भने शुक्रबारदेखि पहिलो र दोस्रो वर्षका झन्डै ८० जना आवासीय चिकित्सकले ड्युटीमा नजाने निर्णय गरेका छन् ।

के भन्छ कलेज ? 
केएमसीले बिहीबार डा. विशदलाई दिएको निलम्बनपत्रमा पछिल्लोपटक गैह्रीगाउँको सुकुम्बासी बस्तीमा भएको स्वास्थ्य शिविरमा डा. विशदसहितको टोली खटाइएकोमा उनी नगएको आरोप छ । उनको यो कदम कलेजको निर्णय विपरीत र आवसीय चिकित्सकको अनुशासन विपरीत भएको पत्रमा उल्लेख छ ।

पीजीका विद्यार्थीले शिविरमा खट्नुपर्ने विषय कोर्समा नै समावेश भएकाले त्यसभन्दा बाहिर गएर ज्याजती नगरिएको केएमसी अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालको दाबी छ । यो विषयलाई लिएर ठूलो मुद्दा बनाउन नहुने र अन्य आवसीय चिकित्सकले समेत ड्युटी छोड्न नहुने उनको भनाइ छ । “यही विषयलाई लिएर अरुले पनि आन्दोलन र विरोधका कार्यक्रममा नगइदिए हुन्थ्यो,” उनले भने ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट