sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:२९
मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …
  • मुख्यमन्त्रीको शुभकामनामा प्रदेशको नाम नै गायब !
  • एमाले निकट नेता, कार्यकर्ताहरुको व्यापक आलोचना
  • यो प्राविधिक त्रुटी मात्रै हो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना सुरु भएको छ । कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले भने कार्कीको प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरुमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

उक्त विषयमा एमाले निकट नेता, कार्यकर्ताहरुले व्यापक आलोचना गरिरहेका छन् । उता, पहिचानवादी नेता अर्जुन जम्नेली राईले भने प्रशंसा गर्दै केही शब्द खर्चिएका छन्, ‘हो यस्तो कोशी शब्द बिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ । धन्यवाद मुख्यमन्त्री कार्यालयलाई । कोही कोशी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवालीहरु हुन ।’

यता, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार देवनारायण साहले भने प्राविधिक कमजोरीका कारण यस्तो भएको र नियत कोशी लेख्ने नभएको बताएका छन् । ‘हामीले सच्याइसकेका छौं । यो प्राविधिक त्रुटी मात्रै हो,’ उनले भने । मुख्यमन्त्री कार्यालयले उक्त शुभकामना सन्देशको ठाउँमा कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको साहले बताए । पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशको दाहिने पट्टि भने कोशी, प्रदेश विराटनगर नेपाल उल्लेख गरिएको छ । उक्त वक्तव्य एक घण्टापछि सच्याएर जारी गरिएको हो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid