April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:२९
मुख्यमन्त्रीले शुभकामना वक्तव्यमा कोशी प्रदेश नलेख्दा …
  • मुख्यमन्त्रीको शुभकामनामा प्रदेशको नाम नै गायब !
  • एमाले निकट नेता, कार्यकर्ताहरुको व्यापक आलोचना
  • यो प्राविधिक त्रुटी मात्रै हो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना सुरु भएको छ । कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले भने कार्कीको प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना वक्तव्यमा देब्रेपट्टि ‘मुख्यमन्त्री’ र दाहिने पट्टि ‘विराटनगर नेपाल’ उल्लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरुमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

उक्त विषयमा एमाले निकट नेता, कार्यकर्ताहरुले व्यापक आलोचना गरिरहेका छन् । उता, पहिचानवादी नेता अर्जुन जम्नेली राईले भने प्रशंसा गर्दै केही शब्द खर्चिएका छन्, ‘हो यस्तो कोशी शब्द बिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ । धन्यवाद मुख्यमन्त्री कार्यालयलाई । कोही कोशी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवालीहरु हुन ।’

यता, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार देवनारायण साहले भने प्राविधिक कमजोरीका कारण यस्तो भएको र नियत कोशी लेख्ने नभएको बताएका छन् । ‘हामीले सच्याइसकेका छौं । यो प्राविधिक त्रुटी मात्रै हो,’ उनले भने । मुख्यमन्त्री कार्यालयले उक्त शुभकामना सन्देशको ठाउँमा कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको साहले बताए । पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशको दाहिने पट्टि भने कोशी, प्रदेश विराटनगर नेपाल उल्लेख गरिएको छ । उक्त वक्तव्य एक घण्टापछि सच्याएर जारी गरिएको हो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।