May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विपिन जाेशीकाे रिहाइका लागि सरकारले प्रयास गरिरहेकाे छ : परराष्ट्रमन्त्री साउद

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0५
विपिन जाेशीकाे रिहाइका लागि सरकारले प्रयास गरिरहेकाे छ : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभएको छ ।

आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताउनुभयो । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उहाँले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पार्नुभयो ।

त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा वीपिन सकुशल फर्किने अपेक्षा छ’, साउदले भन्नुभयो, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ ।’ उहाँले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गनुभयो ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्धसमेत सन्तुलितरूपमा अघि बढिरहेको दाबी गर्नुभयो । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो’, उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलितरूपमा अघि बढिरहेको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले बिजुली किन्ने विषयमा दुई देशबीच सम्झौता भएको उल्लेख गर्नुभयो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट