April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

नेपालले पायो अमेरिकाबाट २०८ रनको लक्ष्य

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १६:४६
नेपालले पायो अमेरिकाबाट २०८ रनको लक्ष्य

काठमाडौं ।।

बलिङमा करण केसी र गुल्सन झा चम्किँदा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पाएको छ ।

  • नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पायो 
  • अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेट्यो

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा करण र गुल्सनको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेट्यो ।

अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए । करणसँगै नेपालका लागि गुल्सनले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए ।

नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।