sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रविलाई गृहमन्त्रीको कडा जवाफ:-“मलाई पर्छ कि क्या हो, पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ भन्ने नसोच्नु”

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १0:१४
रविलाई गृहमन्त्रीको कडा जवाफ:-“मलाई पर्छ कि क्या हो, पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ भन्ने नसोच्नु”

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुबिच चर्को सवाल-जवाफ भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए ।

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन तस्करी प्रकरणको प्रसंग उठाएर लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।

गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न पूर्व गृहमन्त्री लामिछानेलाई चुनौती दिए । साथै प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन,’ श्रेष्ठले भने, ‘तर प्रिएक्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएपछि लामिछाने आक्रोशित देखिन्छन् । सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने ।

राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’

प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले भने– ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid