May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदिप पौडेल

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:0६
पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदिप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् ।
नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासंगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली कांग्रेस अगाडि छ । तर, संगठन विस्तारले मात्रै पार्टीलाई समृद्ध बनाउन नसँकिदो रहेछ । संगठन सदस्यतासँगै सन्देश पनि सकारात्मक दिन सक्नुपर्ने रहेछ । पार्टी नेतृत्वले के गर्छ, त्यही आधारमा काठमाडौं महानगरपालिकाका सदस्यहरुले मानसिकता बनाउँदा रहेछन् । हाम्रो पार्टीले के विषयमा के दृष्टिकोण प्रस्तुत गर्यो त्यही आधारमा यहाँका नागरिकहरुले मानसिकता बनाउँदा रहेछन् । ’

संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई थियो । कुनैबेला संकटमा रहेको अथतन्त्र माथि उकास्न कांग्रेसले महत्वपूर्ण भूमिको खेलेको पौडेलले बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले नेपालकाने आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । अथतन्त्रसँग जुध्न कांग्रेसको विकल्प कसैले पनि दिन आर्थिक नीति ल्याउन सकेका छैनन् । ’

२०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाई थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।