May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

गठबन्धनले राष्ट्रियसभामा एमालेलाई सिट छुट्याउने हल्ला मात्र हो : एमाले

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:२३
गठबन्धनले राष्ट्रियसभामा एमालेलाई सिट छुट्याउने  हल्ला मात्र हो :  एमाले

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एमालेलाई केही सिट छुट्याउने विषय हल्ला भएको बताएको छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीले यस्तो हल्ला फिँजाएको आरोप लगाए। बुधबार साँझ ५ बजे एमालेसँग गठबन्धन दलहरुको बैठक बस्ने भन्ने विषय पनि हल्ला मात्र भएको उनको भनाइ छ। ‘हामीलाई अहिलेसम्म केही थाहा छैन। यो हल्ला मात्र हो,’ उपमहासचिव ज्ञवालीले भने।

राष्ट्रियसभाका लागि एमालेले कसैसँग सिट पनि नमागेको उनको भनाइ छ। एमालेलाई गठबन्धनले सिट छुट्याएको कुरा बाहिर आएको छ भन्ने विषयमा उनले भने, ‘कहिलेकाहीँ माओवादीका साथीहरुले यस्तै हल्ला फैलाउने गुर्नुहुन्छ। त्यही हल्ला होला।’

माओवादीका महासचिव देव गुरुङले पनि बैठक बस्ने र एमालेलाई सिट छुट्याउने विषय थाहा नभएको बताए।राष्ट्रियसभामा रिक्त हुने १९ सिटमा एमालेलाई पनि केही सिट दिने विषयमा गठबन्धनभित्र छलफल भइरहेको बताइएको छ।

गठबन्धन भए १९ सिटमा एमालेले एक सिट पनि जित्न नसक्ने अवस्था छ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।