काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने छ ।
गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय छ।