April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काठमाडौँ, भक्तपुर र हुम्लामा लाखौँको चोरी

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:३९
काठमाडौँ, भक्तपुर र हुम्लामा लाखौँको चोरी

काठमाडौँ । काठमाडौँ, भक्तपुर र हुम्ला जिल्लामा मंगलबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका-३ माटिखेल बस्ने निर्मल लामाको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ, सुनको विभिन्न गहना र घडी समेत गरी करिब २१ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे ढुंगेल गाउँ बस्ने रामकृष्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २० हजार, हिरा, सुन र चाँदीका विभिन्न गहना, थाली, करुवा, कचौरा समेत गरी करिब ६ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

उता हुम्लाको चंखेली गाउँपालिका-३ देउलीस्थित सोही गाउँपालिका-१ बोहराबाँडा बस्ने नर भण्डारीको मानसरोवर कम्प्युटर एन्ड मोबाइल मर्मत तथा ट्रेनिङ सेन्टरबाट ल्यापटप १ थान, क्यामेरा २ थान, मोबाइल १ थान लगायत अन्य सरसामान र नगद ४५ हजार रुपैयाँ गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।