May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मौन अवधिमा पनि दलका नेताहरु जुटे जोडतोडका साथ प्रचार प्रसारमा !

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १७:२५
मौन अवधिमा पनि दलका नेताहरु जुटे जोडतोडका साथ प्रचार प्रसारमा  !

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन पनि दलहरूले चुनावको प्रचार गरेका छन् ।

प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् । बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, उमेदवार कृष्णप्रसाद सिटौला, नेता मीनेन्द्र रिजाललगायतका नेता कार्यकर्ताहरू उपस्थित थिए ।
चियापान कार्यक्रममा डा. कोइरालाले सञ्चारकर्मीसँको कुराकानीमा चुनावको प्रचार नभएर जमघट मात्रै भएको दाबी गरे ।

त्यस्तै,नेकपा (एमाले)ले पनि विराटनरस्थित होटेल ह्यारिसनमा भेला गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा कार्यक्रम भएको हो ।
एमालेका एक नेताका अनुसार महासचिव पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धन गर्नुको औचित्यबारे जानकारी गराएका हुन् । “राप्रपासँग गठबन्धन किन गरियो ? भन्ने प्रश्न उठेको छ । यस विषयमा मतदाताहरुलाई भन्न पनि जरुरी भएकाले कार्यक्रम राखिएको हो,” ती नेताले स्वीकार गरे । कोसीमा दुई पदका लागि हुने चुनावमा सत्ता गठबन्धनले साझा उमेदवार बनाएको छ । एमाले– राप्रपाले पनि चुनावी तालमेल गरेको छ ।
निर्वाचन आयोगले सोमबार राति १२ बजेबाट प्रचार निषेधको समय तोकेको थियो ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १७:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।