May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, माघ ११, २०८० १६:0६
क्यानडा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

कास्की – क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित छ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । क्यानडा लैजाने प्रलोभन देखाएर हिजो पोखरा महानगरपालिका–१० बुद्धचोकमा रहेको एक होटलमा अन्तर्वार्ताका लागि बोलाएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पार्वतीसँगै पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की सीमा सुनार, काठमाण्डौको कलङ्की बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानडाको अलबर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राजेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरूले क्यानडा जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र त्यो रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने बताएका थिए । उनीहरूले अन्तर्वार्ताका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिएको कास्की प्रहरीका प्रवक्ता विकले बताउनुभयो । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ ११, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट