May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गौरादह काङ्ग्रेसले भन्यो करका दरमा हेरफेर नभए सशक्त आन्दोलन गर्छौ

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १९:३३
गौरादह काङ्ग्रेसले भन्यो करका दरमा हेरफेर नभए सशक्त आन्दोलन गर्छौ

झापाको गौरादह नगरपालिकाले निर्धारण गरेको करको बिषयलाई लिएर काङ्ग्रेस गौरादह आन्दोलित बनेको छ ।

काङ्ग्रेसले आज गौरादहमा पत्रकार सम्मेलन गरेर एक बिज्ञापति जारी गर्दै नगरपालिकाले निर्धारण गरेको भुमी कर, घर वहालकर, सम्पती कर तथा सिफारिस दस्तुर अबैज्ञानिक र अब्याबहारिक रहेको जनाएको छ ।

गौरादह नगरपालिकाको हिउदे नगर सभाको पहिलो दिनमानै काङ्ग्रेस गौरादहले स्थानीय सरकारको कामकारवही प्रती असंतुष्ट जनाएको हो ।

गौरादह स्थानीय सरकारले नगरवासीको भावना बिपरित आफुखुशी मनोमानी ढंगले बिगतमा लागुभएको करको दरमा ४ गुणासम्मले बृद्धिगरेर सर्वसाधारणको ढाड सक्ने काम भएको काङ्ग्रेसले जनाएको छ ।

गौरादह काङ्ग्रेसले केही दिन यता स्थानीयतह समन्वय तथा खवरदारी समितिनै बनाएर विभिन्न दवावमुलक आन्दोलनका कार्यक्रमहरु गर्दै आएको भएपनी अझसम्म पनि सम्बन्धित पक्षबाट सुनुवाई नभएकोले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाईने समितिका सम्योजक रोहित शाहाले बताएका छ्न ।

स्थानीसरकारले करको दर निर्धारण गर्दा उत्पादन र आमदानीलाई जोडन नसकेको काङ्ग्रेस आरोप रहेको छ । गौरादह नगरपालिकाले निर्धारण गरेको करको नीति स्पष्ट नहुदा नगरवासीलाई करको नाममा नगरवासीको ढाडनै सेक्नेगरिआर्थिकभार थोपर्ने कामगरेको प्रदेश सभा क्षेत्रीय समिती क्षेत्र ५ क का सभापती जीवन राईले पत्रकार सम्मेलनम जनाएका छ्न ।

नगरपालिकाको हालको करनीती स्पष्ट नहुदा सर्वसाधारण बडिमारमा परिको गुनासो बडेको छ ।

पत्रकार सम्मेलनमा काङ्ग्रेसले आफ्ना मागको न्यायोचित सुनुवाई नभए आगामी दिनमा अन्दोलनलाई थप ससक्त बनाउने चेतावनी समेत दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २९, २०८० १९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।