ताप्लेजुङ : तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।
ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।
विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको हो ।
ताप्लेजुङका एक जना सेवाग्राहीसँग उनले घुस मागेको उजुरी अख्तियारमा परेपछि घुस रकम सहित उनलाई नियन्त्रणमा लिइएको थियो ।
महतले पक्राउ पर्नु भन्दा एक साता अघि मात्र राष्ट्रपतिबाट प्रबल जनसेवा श्री चतुर्थ विभूषण पाएकी थिइन् ।