April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

पर्यटनमन्त्री सुदन किराँती बिरुद्ध उजुरी

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:२७
पर्यटनमन्त्री सुदन किराँती बिरुद्ध उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उजुरी परेको छ । काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

यही ४ पुसमा प्रज्ञा भवन कमलादीमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्तिले धार्मिक भावना आघात पुगेकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गराउन निवेदक लुईंटेलले माग गरेका छन् ।

 

‘म जाहेरवाला लामो समय अगाडिदेखि हिन्दु धर्मको भावनाले ओतप्रोत भई धर्मको माध्यमले राज्यलाई सशक्तिकरण गर्ने र एकतामा राख्न सक्छ भनी धार्मिक सेवा गरी हिडी आएको एक वैदिक सनातनी धार्मिक व्यक्ति हुँ । विपक्षी सुदन किराती भन्ने सुदन राई नेपाल सरकारको पर्यटन संस्कृति मन्त्री भई कार्य गरेकोमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा विपक्षीले मिति २०८०/९/१४ गते भएको भेलामा क्रिश्चियन मान्दिन ‘भन्नुु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भनी भाषण गरी निजले भाषणबाट जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलिआएको धर्मलाई आघात पुर्‍याई क्रिश्चियनवाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार समेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्‍याउन हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुर्‍याएको, विपक्षी कसूरदारले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभावपुर पुर्‍याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरल समेत भै रहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६(१) को कसूरमा ऐ. को दफा १५६ (२) बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना समेत गराई पाउँ,’ निवेदकमा उल्लेख गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट